२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

भीम अस्पताललाई लायन्स सिद्धार्थनगर लेडी युथको सहयोग

आइतवार , जेठ ९, २०७८

भैरहवा, ९ जेठ ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले आइतबार भैरहवास्थित भीम अस्पताललाई ५० हजारको चेक हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड– १९) को महामारी बढेको बेला अक्सिजनको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर खरीदका लागि भन्दै सो सहयोग रकम हस्तान्तरण गरिएको क्लबले जनाएको छ  ।

क्लबका इलेक्टेड प्रेसिडेन्ट तनु शर्मा कसौधनको नेतृत्व तथा कार्यक्रम संयोजक माया मल्लिकको संयोजकत्वमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
 
चेक लिदै अस्पताल विकास समिति अध्यक्ष नारायण प्रसाद भण्डारीले क्लबलाई धन्यवाद ज्ञापन गरेका थिए । हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष कसौधनले कार्यक्रममा हौसला प्रदान गर्ने सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्ले, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताप्रति पनि आभार व्यक्त गरेकी थिइन् ।

...