२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

नेविसंघ रुपन्देहीले गर्यो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन 

आइतवार , जेठ ९, २०७८

बुटवल। नेपाल बिद्यार्थी संघ रुपन्देहीले प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रपति बिद्यादेवि भण्डारीको पुत्ला दहन गरेको छ। असंवैधानिक तबरबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघका यूवाहरुले आइतवार साँझ राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका हाे।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवि भण्डारीले दोश्रो पटक संसद बिघटन गरेको बिरोधमा नेविसंघ रुपन्देहीले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको जनाएको छ। 

नेविसंघ रुपन्देहीका पुर्व सभापति सन्तोष डिसीको नेतृत्वमा भएको कार्यक्रममा विद्यार्थी नेताहरु अशिम थापा, सन्दिप पाण्डे, हिमाल कार्की, रोशन थापा, सुरज आचार्य, आकाश सुबेदी लगायतको उपस्थिति रहेको थियो । नेविसंघले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नयाँमिलमा बिरोध कार्यक्रम गरेको हाे। 

लभदषकबलन १.jpg

नेविसंघले प्र्रतिगमनकारी तानाशाह केपि ओलि र बिद्यादेबि भण्डारीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि बलात्कार गरेको आरोप लगाएको छ। 

सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको भन्दै संसद् विघटनको निर्णय नसच्याए थप आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।

सो अबसरमा नेबिसंघले संसद बिघटन खारेज गर, जनताको जीवन रक्षा गर, कोरोना भाईरस विरुद्धको खोप उपलब्ध गर, तानाशाह केपि बिद्या मुर्दावाद, संघीय लोकतान्त्रिक नेपाल जिन्दावाद भन्दै नारावाजी समेत गरेको थियो। ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।