२०८३, कार्तिक १ गते

Oct 17 2026 | २०८३, कार्तिक १ गते

लियो क्लब अफ भलवारीद्वारा विद्यालयमा निःशुल्क आँखा परीक्षण शिविर

शनिवार , कार्तिक १, २०८३

  • 262
    Shares
  • 262
    Shares
  • भैरहवा, ३१ असोज । लियो क्लब अफ भलवारीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण शिविर सम्पज्ज गरेको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल तथा नेपाल नेत्रज्योति संघ, रुपन्देहीको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ काठमाडौं बबरमहलको सहयोगमा कार्यक्रम भएको हो ।

    विद्यार्थीमा आँखाको स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने तथा दृष्टिसम्बन्धी समस्या समयमै पहिचान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १२४ बढी विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको कार्यक्रम संयोजक अप्सरा कुँवरले बताउनुभयो । 

    आँखा परीक्षणका क्रममा पाँचभन्दा बढी विद्यार्थीलाई थप तथा आकस्मिक परीक्षणको आवश्यकता रहेको पहिचान गरिएको थियो । साथै, दृष्टिदोष भएका केही विद्यार्थीलाई आवश्यकताअनुसार चश्मासमेत वितरण गरिएको थियो ।
    सिद्धार्थनगर नगरपालिका–६ का वडाध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवको प्रमुख आतिथ्यता तथा श्री महात्मा बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रवीण श्रीवास्तवको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    851064403_1134735512571509_8643192458165777295_n.jpg

    त्यस्तै लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालका बाह्य कार्यक्रम निर्देशक एवं अधिकृत सञ्जीव अधिकारी र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ पी नेपालका एरिया चिफ सौरभ लाभको पनि उपस्थिति थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लबका अध्यक्ष अभिषेक चौधरीले बताउनुभयो ।