२०८३, कार्तिक २ गते

Oct 18 2026 | २०८३, कार्तिक २ गते

लायन्स सिद्धार्थनगरद्वारा १२५ जना बिरामीलाई फलफूल वितरण

आइतवार , कार्तिक २, २०८३

  • 193
    Shares
  • 193
    Shares
  • भैरहवा, १ कार्तिक । सामाजिक सेवाअन्तर्गत लायन्स क्लब अफ सिद्धार्थनगरले शल्यक्रियापछि उपचाररत १२५ जना बिरामीलाई फलफूल तथा जुस वितरण गरेको छ ।

    क्लबले शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री रण अम्बिका शाह आँखा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल तथा जुस वितरण गरेको हो । बिरामीको स्वास्थ्य लाभको कामना गर्दै उनीहरूलाई फलफूल वितरण गरिएको क्लबले जनाएको छ ।

    लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष उमेश थापा लाटोमगरले अस्पतालमा उपचाररत १२५ जना बिरामीलाई फलफूल तथा जुस वितरण गरिएको जानकारी दिनुभयो ।

    222.jpg

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालका ग्याट लिडर नेत्र प्रसाद आचार्यको प्रमुख आतिथ्यता तथा एरिया–५ का एरिया चिफ राकेश गुरुङको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अस्पतालका सहव्यवस्थापक तुल्सी पराजुलीलगायतको आतिथ्यता रहेको थियो ।