२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राष्ट्रिय युवा संघ नेपालद्वारा अर्घाखाँचीमा निःशुल्क एम्बुलेन्स संचालन

सोमवार , जेठ १०, २०७८

अर्घाखाँची, १० जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले  अर्घाखाँचीमा निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । कोरोना संक्रमित बिरामी तथा अस्पताल सम्म पुग्न आर्थिक अभाव भएका विपन्न परिवारलाई लागि राहत दिने उदेश्यले यो सेवा संचालनमा ल्याइएको युवा संघ अर्घाखाँची शाखाले जनाएको छ । 

एम्बुलेन्स सेवामा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटी सचिवालयमा रहेका सदस्यहरुबाट युवा संघको विपद् व्यवस्थापन कोष खडा गरी अभियान चलाइएको छ । जिल्ला भित्रका नागरिक बिरामी भएर आर्थिक अभावमा अस्पतालसम्म पुग्न नसक्नेले एम्बुलेन्सलाई सम्पर्क गर्न सकिने बताइएको छ ।