
सोमवार , जेठ १०, २०७८
भैरहवा, १० जेठ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) सिद्धार्थनगर, रुपन्देहीका इञ्चार्ज बैजनाथ गुप्ता (बी.एन.)ले मृत्यु भएका विपन्न परिवारको दाहसंस्कारका लागि निःशुल्क दाउरा प्रदान गरेका छन् । उनले भैरहवास्थित स्वर्गदारी घाटमा ४० क्वीन्टल दाउरा उपलब्ध गराएका हुन् ।
अतिविपन्न परिवारको मृत्यु भएपश्चात अन्तिम संस्कार गर्न सहज होस् भन्ने उद्देश्यले सोमबार स्वर्गदारी घाटमा पुगेर दाउरा उपलब्ध गराएको युवा नेता गुप्ताले बताए ।
‘विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट नेपाल पनि अछुतो रहन सकेन, अतिविपन्न परिवारको मृत्यु पश्चात दाहसंस्कारको लागि दाृउराको व्यवस्था गरी आफ्नो सानो दायित्व पुरा गर्ने प्रयास गरेको छु,’ गुप्ताले भने ।
दाउरा वितरण कार्यमा जसपा युवा नेता कन्हैया बनिया, सिद्धार्थनगर उपाध्यक्ष उमेश अग्रहरी, नगर सदस्य कृष्ण विश्वकर्मा, समाजसेवी अजय वर्मा, राजकुमार मौर्य, कलाम मुसलमान, सुनिल सोनी लगायतको उपस्थिति रहेको थियो । यस अघि जसपा नेता गुप्ताले भीम अस्पतालमा उपचाररत विरामी तथा विरामी कुरुवालाई ८० काटुन पिउने पानी उपलब्ध गराएका थिए । उनले विभिन्न अस्पतालमा पुगेर कोरोना संक्रमित बिरामीको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिदै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij