२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

अर्घाखाँचीमा जेठ २० सम्म थपियो निषेधाज्ञा

मंगलवार , जेठ ११, २०७८

अर्घाखाँची, ११ जेठ ।
कोभिड–१९ संक्रमण बढ्दै गएपछि अर्घाखाँचीमा जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको छ । सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले नयाँ भेरियन्टसहितको कोभिड–१९ तीव्र रूपले फैलिएकोले यसको रोकथामका लागि थप १० दिन निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

बैठकले निषेधाज्ञा अवधिभर आदेशको उल्लंघन गर्ने, अवरोध गर्ने, कालोबजारी गर्ने, अत्यावश्यक वस्तुमा जथाभावी मुल्यवृद्धि गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने समेत निर्णय गरेको छ ।

हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ५४ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ४८ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।