
शुक्रवार , भाद्र ५, २०७७
भैरहवा, ५ भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा पनि भदौ ७ गतेसम्म लकडाउन हुने भएको छ । यस अघि नगरपालिकाले भदौ ५ गते राती १२ बजेसम्म लकडाउन गर्ने घोषणा गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जिल्लाभर भदौ ७ गते राती १२ बजेसम्म लकडाउनको घोषणा भएपछि सि.न.पा. भित्र पनि ७ गतेसम्म लकडाउन हुने नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीले बताए ।
सिद्धार्थनगर नगरपालिका कोरोना भाइरस, संक्रमण तथा नियन्त्रण समितिको शुक्रबार सम्पन्न बैठकले लकडाउन अवधिमा अत्यावश्यक सेवा सुचारु साउन ३० गतेको निर्णय अनुसार सञ्चालन हुने निर्णय गरेको छ । नगरप्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला प्रशासनको घोषणा अनुसार भदौ ७ गतेसम्म लकडाउन गर्ने निर्णय भएको नगरपालिकाका प्रेस सल्लाहकार शंकर पाण्डेले बताए ।
सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्र नगरपालिकाको अनुरोधमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले भदौ ५ गते राती १२ बजेसम्म लकडाउनको घोषणा गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij