
बुधवार , जेठ १२, २०७८
भैरहवा, १२ जेठ ।
द आर्ट अफ लिभिङ्ग नेपाल, भैरहवा लुम्बिनीले भैरहवास्थित भीम अस्पताललाई सहयोग गरेको छ । संस्थाले अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि नगद १५ हजार रुपैयाँ प्रदान गरेको हो । अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानमा लागेको अस्पताललाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको द आर्ट अफ लिभिङ्ग रुपन्देही जिल्ला संयोजक दिपेन्द्र प्रधानले बताए ।
प्रधानले लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयको उपस्थितिमा बुधबार भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
यस अघि नै द आर्ट अफ लिभिङ्गले भीम अस्पताललाई २ लाख ९ हजार ५० रुपैयाँको १० थान भरिएको अक्सिजन सिलिण्डर प्रदान गरेको प्रधानले जानकारी दिए । त्यस्तै अस्पतालमा बिरामी तथा बिरामी कुरुवाहरुलाई पाँच दिनसम्म निःशुल्क खाना समेत वितरण गरिएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij