२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

भैरहवा मर्निङ्गवाक ग्रुपद्वारा भीम अस्पताललाई एकलाख हस्तान्तरण

बुधवार , जेठ १२, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, १२ जेठ । 
    भैरहवा मर्निङ्गवाक ग्रुप (बीएमजी) ले भैरहवास्थित भीम अस्पताललाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बीएमजीले अक्सिजन प्लान्ट जडानको लागि अस्पताललाई एकलाख एक हजार रुपैयाँ प्रदान गरेको हो । २५६५ औं बुद्ध जयन्तीको अवसर पारेर अक्सिजन प्लान्ट जडानको लागि सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पताललाई उक्त रकम प्रदान गरिएको बीएमजीका अध्यक्ष ओमकार गौचनले बताए ।

    बीएमजीले बुधबार एक लाख एक हजारको चेक अस्पताल भीम विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई हस्तान्तरण गरेको हो ।

    सो अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले बीएमजीले अन्याय अत्याचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएको बताए । उनले अक्सिजन प्लान्ट जडान गर्न अझै प्रेरणा दिने बीएमजी परिवारलाई धन्यवाद ज्ञापन गरे । 

    कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय, बीएमजीका संस्थापक अध्यक्ष विजय सागर श्रेष्ठ, उपाध्यक्ष बाबुराम केसी, महासचिव राजुनारायण श्रेष्ठ, वनमाली निराकार, चन्द्रप्रकाश श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो । विगतदेखि बीएमजीले सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै विभिन्न कार्यक्रमलाई अगाडी बढाउँदै आएको छ ।