२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

क्रियाशिल महिला समुह भैरहवाद्वारा भीम अस्पताललाई सहयोग

बुधवार , जेठ १२, २०७८

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • भैरहवा १२ जेष्ठ।

    सामाजीक क्षेत्रमा काम गर्दै आएका महिलाहरुको क्रियाशिल महिला समुह भैरहवाले भीम अस्पताललाई आर्थिक सहयोग गरेको छ। सो समुहले भीम अस्पतालमा जडान गर्न लागिएको एक्सीजन प्लान्टको लागि भन्दै ५१ हजार रुपैया सहयोग गरेका हुन्।

    समुहकी संयोजक अनुपा पाण्डेको नेतृत्वमा समुहमा आबद्ध महिला दिदी बहिनीसंग संकलन गरेको उक्त रकम अस्पताल बिकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेन डा. शकुन्तला गुप्तालाई हस्तान्त्रण गरिएको हो।

    सो अबसरमा बोल्दै अस्पतालका अध्यक्ष भण्डारी तथा मेसु गुप्ताले महिला दिदी बहिनीहरुले निकै सहनिय कार्य गरेको भन्दै धन्यवाद दिएका थिए। उनीहरुको सहयोगले आफुहरुलाई थप हौसला प्रदान भएको उनीहरुको भनाई छ।