२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

मिलिजुली टिकटक परिवारको संयोजनमा अनाथ आश्रमलाई सहयोग

बुधवार , जेठ १२, २०७८

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • बुटवल १२ जेष्ठ।

    गणेशमान कृष्णप्यारी स्मृति प्रस्तिष्ठान तथा मिलिजुली टिकटक परिवारले बुटवलमा रहेको लुम्बिनी अपाङग दृष्टिबिहिन अनाथ आश्रमलाई खाद्यन्न तथा नगद हस्तान्त्रण गरेका छन्।

    प्रतिष्ठान तथा मिलिजुलीकी संरक्षक रारा शैन्जुको जन्मदिनको अबसरमा आश्रमलाई डेढ महिनाको लागि पुग्ने खाद्यन्न र आर्थिक सहयोग गरिएको कार्यक्रम संयोजक माधव शर्माले जानकारी दिए। जेसिआई सिद्धार्थ नेपालका अध्यक्ष गोपाल ज्ञवालीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा डेढ महिनाको लागि खाद्य सामाग्री तथा आश्रम संचालन तथा घर भाडाका लागि २० हजार रुपैया सहयोग गरिएको हो।

    मिलिजुली परिवारका सल्लाहकार माधव शर्मा, मधुसूदन पाठक र सिद्धार्थ गौतमको सहभागितामा उक्त सामाग्री हस्तान्त्रण गरिएको हो। सो अबसरमा मास्क तथा सेनीटाईजर समेत प्रदान गरिएको थियो।

    आश्रमको लागि मिलिजुली टिकटक परिवारका रारा सैन्जुबाट २० हजार १० रुपैया, सुसान क्षेत्रीबाट ५ हजार ६ सय ५० रुपैया,तारा श्रेष्ठ, अमृता भट्टराई, आकाश रिजाल, सि. पि. अर्यालबाट ५/५ हजार तथा ज्ञान बहादुर लामा ३ हजार ३ सय पचास, बिष्णु पन्थीबाट २ हजर १ सय, गोपाल शर्माबाट २ हजार रुपैया, सृजना खड्काबाट २ हजार, दुर्गा अधिकारीबाट १ हजार १ सय र टिकटकबाट भाईरल बनेका सामाजिक व्यक्ति शिव पोखरेलबाट ६० किलो चामल सहयोग संकलन गरी हस्तान्त्रण गरिएको शर्माले जानकारी दिए।