२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

संविधानसभा सदस्य इस्तियाक अहमदद्वारा स्वास्थ्य सामग्री प्रदान

बुधवार , जेठ १२, २०७८

भैरहवा, १२ जेठ ।
संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका महासमिति सदस्य इस्तियाक अहमद खानले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री, पानी लगायतका सामग्री प्रदान गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवास्थित जिल्ला पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई अस्थायी आवासको रुपमा प्रयोग गर्न दिएको छ । 

उक्त अस्थायी आवासमा रहेका स्वास्थ्यकर्मीहरुको लागि नेता खानले पानी १३ कार्टुन, सेनिटाइजर ३० थान, मास्क १२ प्याकेट, पीपीई २ सेट, इन्टरनेट (वाइफाई) १ सेट, बेड १० सेट र बाल्टी ४ थान उपलब्ध गराएका छन् । अग्रपंक्तिमा रहेर बिरामीहरुका सेवामा खटिएका स्वास्थ्यकर्मीहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री प्रदान गरेको नेता खानले बताए । 

हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका नेता सन्तराम चौधरीको समेत उपस्थिति रहेको थियो ।

भीम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मध्यनजर गर्दै पार्टी कार्यालय कोरोना महामारीको समयमा अस्थायी आवासको रुपमा प्रयोग हुँदै आएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मी बस्दै आएको आवासमा पुगेर स्वास्थ्य सामग्रीसहित अन्य सामग्री उपलब्ध गराउने कार्य सराहनीय रहेको युवा समाजसेवी सुरज उपाध्यायले बताए ।