२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

विपन्न परिवारलाई राहत बाड्दै अनेरास्ववियु

बिहिवार , जेठ १३, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, १३ जेठ । 
    नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटीले विपन्न परिवारलाई राहत वितरण गरेको छ । निषेधाज्ञाका कारण बिहान सांझ छाक टार्न समस्या भएका विपन्न परिवारलाई राहत वितरण गरिएको अनेरास्ववियुले जनाएको छ ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ र १३ का १५ घरपरिवारलाई बुधबार चामल, दाल, नुन लगायतका खाद्यान्न सामग्री वितरण गरिएको अनेरास्ववियु रुपन्देही जिल्ला सदस्य तथा भैरहवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपानेले बताए । 

    ‘विद्यार्थीहरुको हकहितको लागि संगठनले निरन्तर आवाज उठाउँदै आएको छ, कोरोना महामारीको विषम परिस्थितिमा विपन्न परिवारलाई सहयोग गर्नु पनि हामीले आफ्नो दायित्व बुझेका छौं, ’न्यौपानेले भने । त्यस्तै कुनै पनि विद्यार्थीहरुलाई समस्या परेमा अनेरास्ववियु सहयोग गर्न तयार रहेको उनले बताए ।

    त्यसै गरी कोभिडका कारण विद्यार्थीलाई घरबहालमा छुट दिन समेत घरधनीलाई अनेरास्ववियुले माग गरेको छ ।