२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३० लाख नाघ्यो, ८ लाख बढीको मृत्यु

शनिवार , भाद्र ६, २०७७

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • काठमाडौँ ६ भदौ, / विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३० लाख ९८ हजार पुगेको छ । वर्ल्डो मिटरको आँकडा अनुसार शनिबार बिहानसम्मा विश्वभर ८ लाख २ हजारबढीको मृत्यु भएको छ ।

    त्यस्तै, हालसम्म ६६ लाख बढी केसहरु सक्रिय रहेका छन् भने एक करोड ५६ लाख ९५ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् ।

    वर्ल्डो मिटरको अनुसार पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ४८ हजारबढी संक्रमित थपिएका छन् भने ६१ हजार ८१८ को अवस्था गम्भिर रहेको छ ।