२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण, घटनामा संलग्न ३ जना पक्राउ 

शुक्रवार , जेठ १४, २०७८


नेपालगन्ज। कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन्। 

मृतकका आफन्तबाट भएको आक्रमणमा परि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाईते भएको अस्पतालले जनाएको छ। जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा बिहिबार राती ८ बजेतिर मृत्यु भएको थियो।

उनको मृत्यु पश्चात उनका आफन्तहरुले स्वास्थ्यकमर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा समेत तोडफोड गरेको अस्पताल प्रशाशनले जनाएको छ। 

मृतकको कुरुवा समेत रहेका मानबहादुर रावत सहितको समूहले नर्सिङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए। घटना लगत्तै प्रहरीले मानबहदुर सहित ३ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजि गरिरहेको जनाएको छ।

191712767_405444277122482_6279411654503834436_n.jpg

घटना पश्चाल बांकेका पमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अस्पताल प्रशासन, अस्पताल विकास समिति लगायत वीच छलफल गरेर दोषीलाई कार्वाही गर्ने र अस्पतालमा भयरहित कामको बातावरण बनाउने विषयमा परामर्श गरिएको छ। सर्बपक्षिय छलफल पश्चात चिकित्सक र नर्सीङ स्टाफ काममा फर्किएका छन्।