२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

कोरोनाविरुद्ध सतेचना जगाउँदै स्काउट

शुक्रवार , जेठ १४, २०७८

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • भैरहवा, १४ जेठ । 
    दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि स्काउटको लुम्बिनी प्रदेश रुपन्देही सिद्धार्थनगर तदर्थ समितिले सचेतना अभियान सञ्चालन गरेको छ ।  स्काउटको तदर्थ समिति सिद्धार्थनगरले जेठ ९ गतेदेखि कोरोनाविरुद्ध विभिन्न चोक र टोलमा सचेतना जगाउने काम गरिरहेको छ । 

    अभियानमा सर्वसाधारण नागरिकलाई एस.एम.एस अर्थात् सेनिटाइजर, मास्क र सोसियल डिस्टेन्स (सामाजिक दुरी) राख्ने जस्ता काम गर्न सुझाव दिइने कार्य भइरहेको स्काउट तदर्थ समिति सिद्धार्थनगरका अध्यक्ष सरोज खातीले बताए ।

    दैनिक रुपमा बढी भीडभाड हुने विभिन्न स्थानहरुमा क्लस्टर बनाई कोभिड–१९ बाट बच्न र बचाउन जनचेतनामूलक अभियान अन्तर्गत मुख्य रुपमा कम्तीमा २ मिटर भौतिक दुरी कायम गर्न सिकाउने, घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरिएको खातीले जानकारी दिए ।190826121_481720899801111_8699217095186784253_n.jpg

    मास्कको सही प्रयोग गर्न सिकाउने, मास्क नलगाएकालाई मास्क वितरण पनि गर्ने बीस सेकेण्डसम्म साबुन पानीले मिचिमिचि हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने एस.एम.एस लगायतका जनचेतना अभिवृद्धि गर्ने अभियानमा निरन्तर स्काउट तदर्थ समिति सिद्धार्थनगर लागिरहेको छ ।191100719_4119751981419604_2134980094709771528_n.jpg191600166_2892644111064075_8404969164897908424_n.jpg191221098_827537537883274_5449336336028661664_n.jpg