२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

स्वास्थ्यकर्मी आक्रमणमा संलग्नमाथि कारवाही गर्न कांग्रेस लुम्बिनी संसदीय दलको माग 

शुक्रवार , जेठ १४, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, १४ जेठ । 
    नेपाली कांग्रेस प्रदेशसभा संसदीय दल लुम्बिनी प्रदेशले स्वास्थ्यकर्मी आक्रमणमा संलग्नमाथि कडा कारवाहीको माग गरेको छ । संसदीय दलले घटनाको तत्काल छानबीन गर्न माग गरेको छ ।

    कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडियाले शुक्रबार विज्ञप्ती जारी गर्दै नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्सहरुमाथि गएराति भएको आक्रमण एवं अस्पताल तोडफोडको घटना अत्यन्त निन्दनीय भएकोले नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको उक्त घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

    ‘यो विषम परिस्थितिमा कोभिड–१९ को महामारीविरुद्धको लडाईमा जोखिम मोलेर सधै अग्रमोर्चामा रही अहोरात्र नागरिकको सेवामा खट्नुहुने स्वास्थ्यकर्मीरुको मनोबल झनै उच्च राख्नुपर्नेमा जिम्मेवार प्रमुख राजनैतिक दलको व्यक्तित्वबाट नै स्वास्थ्यकर्मीहरुमाथि भएका यस घटनाको तत्काल छानबीन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाहीको गर्न माग गर्दछु, ’विज्ञप्तीमा भनिएको छ ।

    आक्रमणबाट घाइते स्वास्थ्यकर्मीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्यकर्मीहरुलाई आफ्नो सेवा निरन्तर नागरिकको पक्षमा उच्च मनोबलका साथ जारी राख्न कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले अपील गरेको छ ।191308572_305285737718017_3947278693717979791_n.jpg