२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

जन्मदिनमा वृद्धाश्रमलाई सहयोग

शनिवार , जेठ १५, २०७८

भैरहवा, १५ जेठ । 
कोरोना संक्रमणको महामारीको कारण दैनिकी सञ्चालनमा समस्या परेको रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रमलाई जोशी ब्रर्दसका सञ्चालक हेमन्तराज जोशीले सहयोग गरेका छन् । 

शुक्रबार आफ्नो जन्मदिनको अवसर पारेर जोशीले आश्रममा रहेका १४ जना वृद्धवृद्धालाई आवश्यक पर्ने चाउचाउ, बिस्कुट, माक्स र सेनेटाइजर उपलब्ध गराएका हुन् ।

विभिन्न दाताहरुको सहयोगमा सञ्चालन हुँदै आएको वृद्धआश्रममा अहिले निषेधाज्ञाका कारण समस्या परेको आश्रम सञ्चालक समितिकी अध्यक्ष माया खरेलले बताइन् । देशका विभिन्न जिल्लाका वृद्धवृद्धाहरु यो आश्रममा रहेका छन् ।