
शनिवार , जेठ १५, २०७८
रुपन्देही, १५ जेठ ।
३१ औं स्थापना दिवसको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बुटवल, रुपन्देहीले बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरुको लागि शनिबार स्वास्थ्य सामग्री तथा पौष्टिक आहार वितरण गरेको छ ।
बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा सञ्चालित कोरोना अस्पतालमा पुगेर राप्रपा बुटवलले अस्पतालका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री तथा पौष्टिक आहार वितरण गरिएको राप्रपा बुटवलका अध्यक्ष निरज प्रताप खांणले बताए । ‘कोभिड–१९ को संक्रमण फैलिएसंगै निषेधाज्ञा जारी भएकोले राप्रपाको ३१ औं स्थापना दिवसमा औपचारिक कार्यक्रम गर्न सकेनौ, महामारीमा कोरोना संक्रमित बिरामीलाई केही भए पनि सहयोग पुगा्ेस भन्ने उद्देश्यले स्वास्थ्य सामग्री तथा पौष्टिक सामग्री हस्तान्तरण गरेका छौं, ’खांणले भने ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य तोया नाथ लम्साल, ईरशाद आलम मिया लगायत राप्रपाका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । त्यस्तै राप्रपाले कोरोना संक्रमितहरूलाई घरबाट अस्पताल र अस्पतालबाट घरसम्म पुर्याउने गरी निशुल्क यातायातको व्यवस्था गर्दै आइरहेको राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले बताए । यो व्यवस्थालाई अब रूपन्देहीको ५ वटै क्षेत्रमा सञ्चालन गर्ने उनले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij