
शनिवार , जेठ १५, २०७८
भैरहवा, १५ जेठ ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर, रुपन्देहीले अक्सिजन प्लान्ट निर्माणको लागि भैरहवास्थित भीम अस्पताललाई सहयोग गरेको छ । संघले अस्पताललाई दुईलाख ५ हजार ५ सय ५१ रुपैयाँ प्रदान गरेको हो ।
शनिबार सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणि विश्वकर्माले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले सामाजिक उत्तरदायित्व अन्तर्गत अक्सिजन प्लान्ट जडानका लागि संघले सहयोग गर्नु प्रशंसनीय रहेको बताए ।
संघका अध्यक्ष प्रकाशमणि विश्वकर्माले कोरोना महामारीको विषम परिस्थितिमा अक्सिजन प्लान्ट जडानमा सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बताए । उनले आगामी दिनमा पनि संस्थाले सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij