२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

दृष्टिबिहीनलाई लायन्स बुटवलद्वारा खाद्यान्न सामग्री सहयोग

शनिवार , जेठ १५, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • बुटवल, १५ जेठ  ।
    लायन्स क्लब अफ बुटवलले कोरोना महामारीको कारण संकटमा परेका दृष्टिबिहीनलाई खाद्यान्न सहयोग गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ वेलवासस्थित रुपन्देही दृष्टिबिहीन संरक्षण मञ्चमा रहेका २० जना दृष्टिबिहीनलाई खाद्यान्न प्रदान गरिएको अध्यक्ष संजय जयसवालले बताए । महामारीका बीचमा खान नपाएर कोही पनि भाकै रहनुहुँदैन भन्ने उद्देश्यले खाद्यान्न सामग्री प्रदान गरिएको जयसवाले जानकारी दिए ।  

    रुपन्देही दृष्टिबिहिन संरक्षण मञ्चका अध्यक्ष पदम थापालाई क्लबका अध्यक्ष जयसवालले उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
    स्वरोजगारमुलक गरेर जीविकोपार्जन गर्दै आएका दृष्टिबिहीनहरुलाई कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेपछि सांझ–बिहानको छाक टार्न समेत समस्या भएको मञ्चका अध्यक्ष थापाले बताए ।

    कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया–४ का चिफ सन्दिप कसौधनको समेत उपस्थिति रहेको थियो ।