
शनिवार , जेठ १५, २०७८
बुटवल, १५ जेठ ।
१४ औं गणतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा देशका विभिन्न जिल्लामा कोभिड प्रभावित दलित तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । यसैबीच रुपन्देहीस्थित सैनामैनाको शान्ति टोल र भड्छा बस्तीका कोभिड प्रभावित विपन्न, दलित परिवारका बालबालिका तथा जेष्ठ नागरिकका ६० घर परिवारलाई राहत वितरण गरिएको हो ।
कोभिड प्रभावित परिवारलाई चामल, अंन्डा, आटा, चना लगायतको पौष्टिक खाद्यान्न उपलब्ध गराइएको मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले बताए । कोभिड प्रभावित गरिब, दलित तथा विपन्न परिवारलाई हातमुख जोर्न धौधौ भएको भन्ने स्थानीयबाट आएको सूचनाका आधारमा सैनामैनाका ती दुई टोलमा करिब ८० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको सभापति खनालले बताए ।
राहत अभियानमा अधिकारकर्मीहरु लालहरि पाण्डे, हरिश ढकाल, बिमलराज भट्टराई, विमल पुरी, स्थानिय जनप्रतिनिधिहरु ईश्वरी भण्डारी, देवनाराण ढकाल समाजसेवीहरु मोहदत्त ढकाल, बुद्धिराम चौधरी, पवन शर्मा, ज्ञानप्रसाद खनाल, टिकाराम चौधरी लगायतले कोभिड प्रभावित गरीब, दलित तथा बिपन्न परिवारलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।
यसैबीच शान्ति समाज दाङ शाखाले दलित बस्तीमा खाद्यान्न वितरण, रक्तदान तथा स्वास्थ्य उपकरणसहित सहयोग प्रदान गरेको छ । गत वैशाख महिनामा एउटा कारभित्र मृत अवस्थामा फेला परेका ३ जना बालकको परिवारलार्ई खाद्य सामग्री सहयोग गरेको जनाइएको छ । शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिव निर्मल नेपाली र दाङ शाखा सभापति तुलसीराम सुनारले पिडित विपन्न दलित परिवारलाई सहयोग हस्तान्तरण गरेका थिए ।
यसै गरी गणतन्त्र दिवसका दिन शान्ति समाज चितवन शाखाले देवघाटमा रहेको वृद्धाश्रममा फलफूल तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । गणतन्त्र दिवसकै अवसरमा शान्ति समाजले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १ स्थित स्वास्थ्य समिति भोटेचौरलाई रु. १ लाख मुल्यको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
त्यस्तै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने एउटा हात गुमाएकी बालिका आशिना चौलागाईको शिक्षाका लागि अक्षयकोष स्थापनार्थ रु. १ लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौ र नयाँ बस्ती युवा क्लबको आयोजनामा जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शान्ति समाजका तर्फबाट सल्लाहकार उत्तम पुडासैनीले संयोजन गरेको रक्तदान कार्यक्रममा समाजका महासचिव रामकृष्ण बराल, राजेन्द्र खनाल, शंकर श्रेष्ठ, दिवससिंह राउत, हरिचन्द्र दंगाल, सुरेश पौडेल, भाष्कर अधिकारी, कञ्चन अधिकारी, टिकाराम कार्की, अजित श्रेष्ठ, नविन भट्टराई, लिलादेवी पौड्याल, कृष्णप्रसाद फुयाल, सन्तोष भट्टराई, सन्तोष बस्नेत, पुष्प आचार्य, सावित्रि डंगोल, बसन्ति बराल, दिपक पुडासैनी, अनुपविक्रम विष्ट, समिर अधिकारी, सञ्जय तामाङ, सरु पुडासैनी, वसन्त पुडासैनी, प्रदिप श्रेष्ठ, प्रकाश श्रेष्ठ, नरोत्तम घिमिरे, हेमराज कार्की, चन्द्रप्रसाद पुडासैनी, गीता पुडासैनी, पवित्रा पुडासैनी, कृतन भट्टराई, प्रकाश पुडासैनी र रवि लामासहित ३४ जनाले रक्तदान गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij