२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

बजेट लोकप्रियतावादी र वितरणमुखीः रबिन्द्र मिश्र

आइतवार , जेठ १६, २०७८

भैरहवा। विवेकशिल साझा पार्टिका अध्यक्ष रबिन्द्र मिश्रले सरकारले प्रस्तुत गरेको बजेट लोकप्रियतावादी र वितरणमुखी भएको टिप्पणी गरेका छन्। उनले आफ्नो फेसबुक एकाउन्टमा बजेटमाथि प्रारम्भिक टिप्पणी गर्दै यसो भनेका छन्। 

बजेट लोकप्रियतावादी, वितरणमुखी, फोकसहीन, अत्यधिक ऋणभारयुक्त छ। भ्रष्टाचार न्यूनिकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धिबिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ न त भ्रष्टाचाररहित ढङ्गबाट प्रभावकारीरूपमा त्यो खर्च हुन सक्छ। त्यसतर्फ कुनै चासो देखिएन।

भ्रष्टाचार न्यूनिकरण र राज्यको क्षमता अभिवृद्धिबिना ऋणभार बढाउँदै लोकप्रियतावादी र वितरणमुखी भएर निर्माण गर्न खोजिएको कल्याणकारी राज्यले कालान्तरमा अर्थतन्त्रलाई धरासायी बनाउँछ।