images

सोमवार, बैशाख २४ गते २०८१

भिक्षु सुगन्धको पहलमा थाइल्याण्डबाट नेपाल आइपुग्यो स्वास्थ्य सामग्री

भिक्षु सुगन्धको पहलमा थाइल्याण्डबाट नेपाल आइपुग्यो स्वास्थ्य सामग्री

images
images
images
आइतवार, जेठ १६ २०७८
आइतवार, जेठ १६ २०७८
  • भिक्षु सुगन्धको पहलमा थाइल्याण्डबाट नेपाल आइपुग्यो स्वास्थ्य सामग्री

    भैरहवा, १६ जेठ । 
    थाइल्याण्डमा बस्ने नेपाली भिक्षु सुगन्धको पहलमा बैंककदेखि एक जहाज स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । थाइल्याण्डका राजपरिवारले कोरोना महामारीको बेला नेपाललाई एक जहाज स्वास्थ्य सामग्री सहयोग स्वरुप नेपाल पठाएको हो । 
    थाइल्याण्डका राजा महाबलिराल डंक्न फा बजिरक लाओचाओईहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले व्यक्तिगत रुपमा सहयोग उपहार स्वरुप पठाएको सामग्रि परराष्ट्रमन्त्री  मन्त्री प्रदिप कुमार ज्ञवाली,

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि थाइ राजदूत भोसिता भोरासापले आइतबार एक समारोहबीच उक्त सामग्री हस्तान्तरण गरेको उक्त सहयोगको लागि भूमिका खेल्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

    थाई राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार ५ सय २० थान, पीपीइ लेग कभर १० हजार जोडी, पीपीई सर्जिकल क्याप १० हजार थान, फेस शिल्ड ५ हजार पीस, रेपीड एन्टीजन युनिट २० हजार युनिट, फींगर टिप्स पल्स अक्सिमिटर ६ सय थान, डिजिटल थर्मोमिटर १५ सय थान, बोडि ब्याग १ हजार पीस, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्स्ट्रेन्टर ८ थान नेपाल सरकारलाई आफै जहाज चाटर्ड गरेर सहयोग स्वरुप पठाएको हो ।

    थाइल्यान्डका राज परिवारको अत्यन्तै निकट भिक्षु सुगन्ध महास्थवीर र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यको पहलमा उक्त सामग्री नेपाल आएको हो । 

    भिक्षु सुगन्ध बौद्ध दर्शनमा विश्वविख्यात महामुकुट बौद्ध विश्व विश्वविद्यालय बैंकक, थाइल्याण्डका रेक्टर समेत हुन् । भिक्षु सुगन्ध महास्थविर थाइल्याण्डको बौद्ध भिक्षु परम्परामा चौथो बरियताको देव पदको सम्मान पाउने पहिलो नेपाली भिक्षु समेत हुन् । थाइल्याण्डमा उनलाई डा. अनिल शाक्यका नामले समेत चिनिन्छ । प्राध्यापक शाक्य थाइ राजकीय विहार वाट बोभर्नका उपप्रमुख समेत हुन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij