२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

अमेरिकामा रहेका सुनिल पोखरेलद्वारा लुम्बिनी प्रेस क्लबलाई सहयोग

आइतवार , जेठ १६, २०७८

भैरहवा, १६ जेठ ।
अमेरिकाको टेक्ससमा बस्दै आएका एक नेपालीले लुम्बिनी प्रेस क्लब रुपन्देहीलाई सहयोग गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ का सुनिल पोखरेलले क्लबलाई लागि ३८ थान पानी तताउने भांडो (इलेक्ट्रिक केतल) प्रदान गरेका छन् ।

क्लबका विदेश विभाग समन्वय प्रमुख प्रख्यात बन्जाडेमार्फत पोखरेलद्वारा उपलब्ध गराइएका इलेक्ट्रिक केतल लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.लाई हस्तान्तरण गरिएको छ । महामारीको बेला अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुको लागि विगत १६ वर्षदेखि अमेरिकामा व्यवसाय गर्दै आएको पोखरेलले सहयोग गरेको बन्जाडेले जानकारी दिए । 

महामारीको बेला समाचार संकलन तथा सम्प्रेषणका लागि खट्ने पत्रकारहरुका लागि भैरहवा घर भइ हाल अमेरिकामा बस्दै आएका सुनिल पोखरेलले सामग्री उपलब्ध गराउनु महत्वपूर्ण कार्य भएको लुम्बिनी प्रेस क्लबका महासचिव कमल रायमाझीले बताए । ‘चिकित्सक तथा स्वास्थ्यकर्मीका अनुसार पनि कोरोना संक्रमणबाट बच्न तातोपानी पिउनुपर्छ, तसर्थ इलेक्ट्रिक केतलले निश्चय नै सहयोग गर्छ, ’रायमाझीले भने ।

त्यस्तै पोखरेलले भैरहवास्थित भीम अस्पताल र तौलिहवास्थित कपिलवस्तुको लागि एकलाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको बन्जाडेले बताए ।