
आइतवार , जेठ १६, २०७८
१६ जेष्ठ, नवलपरासी
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सञ्चालित आइसोलेशन कक्षलाई स्वस्थ्य सामाग्री सहयोग गरिएको छ ।
प्रभावशाली बचत समूह प्रतापपुर नवलपरासीले प्रतापपुरमा रहेको त्रिभुवन क्याम्पस बेलाटारीमा प्रतापपुर गाउँपालिका द्वारा सञ्चालित आईसोलेशन कक्षलाई आज एक कार्यक्रमका विच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
नयाँ भेरियन्ट सहितको कोरोना भाईरस बाट संक्रमित हुनेको संख्या संगै संक्रमण बाट मृत्यु हुनेको संख्या बढ्दै जादा उक्त समस्या समाधान गर्न र आम नागरिकलाई बचाउनका निम्ति प्रभावशाली बचत समुह प्रतापपुर नवलपरासीले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
प्रभावशाली बचत समुह प्रतापपुर द्वारा करिब ६० हजार ५ सय बराबरको सेनिटाईजर ,मास्क,स्प्रे ,ग्लोब्स ,अक्सिमिटर पिपिई ,फेस सिल्ड लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हाल साउदिमा रहनुभएको समुहका सदस्य राजु प्रसाद यादवले बताउनुभयो ।
साथै कोरोना महामारिले गर्दा देशमा रहेका विभिन्न अस्पतालहरुमा बेड र अक्सिजनको अभावले गर्दा आम नेपाली नागरिक मृत्युको काखमा पुग्ने समस्यालाई मध्यनजर गर्दै उपचारका कारण आम नागरिकहरुलाई समस्या नहोस भनेर स्वास्थ्य सामाग्री सहयोग गरिएको सदस्य यादवले बताए ।
उक्त स्वास्थ सामाग्री संस्थाका सन्जिव थापाले वडा नम्बर ९ का वडा अध्यक्ष हेमेन्द्र कुमार पजियारलाई हस्तान्तरण गरेका थिए । स्वस्थ्य सामाग्री ग्रहण गर्दै महामारीको बेलामा आम नेपाली जनता र प्रतापपुर गाउँपालिका बासिहरुको स्वास्थ्य समस्या समाधान गर्नका लागि बिदेशका विभिन्न देशहरूमा कार्यरत प्रभावशाली बचत समुहका सदस्यहरुले गरेको यो योगदान प्रति खुसि ब्यक्त गर्दै सम्पूर्णलाई धन्यवाद समेत दिएका थिए ।
प्रभावशाली बचत समुह प्रतापपुर नवलपरासीका सदस्यहरु जापान ,मलेसिया ,साउदि कतार ,नेपाल लगायतको देशमा रोजगारि गरिरहेको ती नेपाली नागरिकहरुले आफ्नो देश नेपालको विषम परिस्थितिमा आर्थिक सहयोग संकलन गरि प्रतापपुर गाउँपालिकामा सञ्चालित आईसोलेशनलाई स्वस्थ्य सामाग्री सहयोग गरिएको जापानमा कार्यरत दिनेश यादवले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij