२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

प्यूठानमा आफुखुसी सहयोग रकम संकलन गर्ने युवालाई प्रशासनको पत्र

आइतवार , जेठ १६, २०७८

अर्घाखाँची, १६ जेठ । 
जिल्ला प्रशासन कार्यालय प्यूठानले कोरोनाको बहानामा विभिन्न व्यक्तिहरुबाट आफुखुसी सहयोग रकम संकलन गर्ने व्यक्तिलाई प्रशासन कार्यालयमा उपस्थित हुन पत्र पठाएको छ ।

जिल्लाको ऐरावती गाउँपालिकाका स्थानीय प्रेम बहादुर विश्वकर्मालाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन पत्र काटिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । पत्रमा रकम संकलन गरेर कुनकुन ठाउँमा सहयोग भयो भनेर सबैको प्रमाण जुटाउन आग्रह गरिएको छ ।

यस अघि जिल्ला प्रशासन कार्यालय प्यूठानले गएको जेठ ७ गते एक सूचना प्रकाशित गरी कोभिडका सन्दर्भमा सहयोग गर्ने नाउँमा आफूखुशी आर्थिक संकलन नगर्न आग्रह गरेको थियो ।193135959_524865988549407_9126029681314390961_n.jpg