२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

राप्रपा रुपन्देहीद्वारा रोहिणीको कोभिड–१९ विशेष अस्पताललाई सहयोग

सोमवार , जेठ १७, २०७८

भैरहवा, १७ जेठ । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीले रोहिणी गाउँपालिका–३ धकधईस्थित कोभिड–१९ विशेष अस्पताललाई सहयोग गरेको छ । राप्रपा रुपन्देहीले आइतबार अस्पतालमा उपचारत बिरामी तथा यहाँ खटिएका स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री तथा पौष्टिक आहार प्रदान गरिएको पार्टीका केन्द्रिय कार्य सम्पादन समिति सदस्य ताहिर अलीले बताए । पार्टीका केन्द्रीय सम्पादन समिति अली र राप्रपा नेतृ एवं रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजनको अगुवाइमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

राप्रपाले अस्पताललाई मास्क, ग्लोब्स, सेनिटाइजर, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र बिरामीहरुको लागि च्वयनप्रास उपलब्ध गराएको पार्टीले जनाएको छ । 

उक्त सामग्री रोहिणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरी र डाक्टर चन्द्रिका यादवलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, राप्रपाका नेताहरु अमरनाथ त्रिपाठी, सिताराम सिंह, शम्भु यादव, मोबिन आलम, राजु हेला लगायतको उपस्थिति रहेको थियो ।

रुपन्देहीका सम्पूर्ण कोभिड अस्पताल तथा आइसोलेशनमा स्वास्थ्य सामग्री र पौष्टिक आहार वितरण गर्ने कार्यक्रम अनुसार आइतबार रोहिणीको कोभिड अस्पतालमा वितरण गरिएको राप्रपा रुपन्देही जिल्ला निवर्तमान उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । यसअघि राप्रपा रुपन्देहीले शनिबार भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल कोरोना अस्थायी विशेष अस्पताल)लाई स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण गरिएको गुप्ताले जानकारी दिए ।