२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

सोमवार , जेठ १७, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा ,१७ जेठ । 
    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ रुपन्देहीले सुरक्षाकर्मीहरुको लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीमा अग्रपंक्तिमा रहेर नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणि विश्वकर्माले बताए ।

    संघका अध्यक्ष प्रकाशमणि विश्वकर्मा, प्रथम उपाध्यक्ष सतिष कुमार कौशल ‘दिपक’ लगायतले सोमबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी.लाई मास्क, सेनिटाइजर, ग्लोब्स, फेस शिल्ड लगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

    सामग्री लिदै प्रहरी उपरीक्षक मनोज कुमार के.सी.ले कोरोना महामारीमा विषम परिस्थितिमा सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले स्वास्थ्य सामग्री प्रदान गरेको भन्दै धन्यवाद ज्ञापन गरे । संघका उपाध्यक्ष सतिष कुमार कौशल ‘दिपक’ ले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरिएको बताए ।

    आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने संघका सचिव किस्मत विश्वकर्माले बताए ।