
शनिवार , भाद्र ६, २०७७
भैरहवा, ६ भदौ ।
सिद्धार्थ साहित्य परिषदद्धारा प्रत्येक महिनाको पहिलो शनिबार सञ्चालन हुंँदै आएको मासिक संगम अन्तर्गत आज २३७ औं सम्पन्न भएको छ । कोभिड–१९ को महामारी पश्चात नयाँ वर्ष २०७७ देखि परिषदले भर्चुवल संगमका रुपमा कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ ।
परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता, कोषाध्यक्ष सिता काफ्लेको स्वागत तथा सचिव लक्ष्मीप्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
सो अवसरमा संगमका राधा भट्टराई, देवीप्रसाद न्यौपाने धिर, सिता काफ्ले, सरु ज्ञवाली, वनमाली निराकार, अनुराधा ढकाल, हिरालाल धामी, विजय पाण्डे लगायतका श्रष्टाहरुले आ–आफनो रचना वाचन गरेका थिए ।
सहभागिलाई धन्यवाद ज्ञापनसहित परिषदका अध्यक्ष भट्टराईले तीजको शुभकामनाका साथै युवा कवि मोतिराम भट्ट र राष्ट्रकवि माधव प्रसाद घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij