images
images

आइतवार, जेठ ६ गते २०८१

बजेट कार्यान्वयनका लागि गम्भिर छौं : अर्थमन्त्री पौडेल

बजेट कार्यान्वयनका लागि गम्भिर छौं : अर्थमन्त्री पौडेल

images
images
images
सोमवार, जेठ १७ २०७८
सोमवार, जेठ १७ २०७८
  • बजेट कार्यान्वयनका लागि गम्भिर छौं : अर्थमन्त्री पौडेल

    काठमाडौं, १७ जेठ ।
    अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा सुरु गरी छिटो परिणाम ल्याउनका अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएको पर्सिपल्टदेखि नै बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको हो ।  

    images
    images
    images

    यसै क्रममा सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु कार्यान्वयनका लागि समयतालिकासहितको कार्ययोजना बनाउन निर्देशन दिए ।

    ‘बजेट कार्यान्वयनका लागि हामी गम्भिर छौं । बजेटका योजना र कार्यक्रमहरु सुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समय तालिकासहित अघि बढ्नुहोस्, अर्थमन्त्री पौडेलले भने–बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्छ ।’ उनले बजेटमा समावेश भएका कार्यक्रमहरुको समयमा सुरु गर्नका लागि कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै कार्यान्वयन प्रकृया अघि बढाउने गरी तयारी गर्न निर्देशन दिए ।
    अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै स्रोत सम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताए ।

    कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ तथा सचिवहरुको उपस्थिति रहेको थियो । त्यसै गरी नियमित रुपमा अर्थ मत्रालय र सम्बन्धित मन्त्रालय तथा निकायहरुसंग बजेट कार्यान्वयन सम्बन्धमा छलफल गरिने योजना रहेको छ । दुई दिन अघि अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका थिए ।

      

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij