२०८२, भाद्र ८ गते

Aug 24 2025 | २०८२, भाद्र ८ गते

शितगंगामा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते

सोमवार , जेठ १७, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • अर्घाखाँची, १७ जेठ ।
    अर्घाखाँचीको शितगंगा नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी ४ जना घाइते भएका छन् । विद्युत विस्तारका लागि कपिलवस्तुबाट शितगंगाको सिद्धारामा तार लिएर जाँदै गरेको लु ४ त ५४१२ नम्वरको ट्याक्टर गोरुसिंगे सन्धिखर्क सडकको शितगंगा नगरपालिका १२ तारिकेमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । 

    ब्रेक फेल भएर भएको ट्याक्टर दुर्घटनामा विद्युत विस्तारमा काम गर्ने ४ जना मजदूर घाइते भएका छन ।  
    घाइते चारै जनालाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतल  पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए ।