images

बुधवार, बैशाख २६ गते २०८१

पञ्चकन्या समूहद्वारा भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

पञ्चकन्या समूहद्वारा भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

images
images
images
मंगलवार, जेठ १८ २०७८
मंगलवार, जेठ १८ २०७८
  • पञ्चकन्या समूहद्वारा भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

    भैरहवा, १८ जेठ । 
    पञ्चकन्या समूह (ग्रुप) तिलोत्तमा–१५, कोटिहवा, रुपन्देहीले भैरहवास्थित भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । समूहले अस्पतालमा कोभिड–१९ का बिरामीको संख्या बढ्दै गएपछि उपचारमा सहज होस् भन्ने उद्धेश्यले दुई थान रेस्पिराटोरी ह्युमिडिफायर प्रदान गरेको हो ।

    images
    images
    images

    कोभिड तथा पोस्ट कोभिडका बिरामीका लागि निकै प्रभावकारी मानिएको उक्त सामाग्री समुहका उप–महाप्रबन्धक देवेन्द्र साहुले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई हस्तान्तरण गरेका हुन् ।

    सो अवसरमा बोल्दै अस्पतालका अध्यक्ष भण्डारीले अस्पतालको विकासका लागि निजी क्षेत्रले उत्साहजनक रुपमा सहयोग प्रदान गरेको बताए । उनले अस्पतालाई यस क्षेत्रकै गुणस्तरीय सेवा गर्ने अस्पतालको रुपमा विकास गर्न आफुहरु लागिपरेको उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्रलाई आवश्यक सहयोग र सुझाव दिन आग्रह गरे ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. गुप्ताले उक्त स्वास्थ्य सामाग्री र कोभिड तथा पोस्ट कोभिडका बिरामीका लागि निकै प्रभावकारी रहेको उल्लेख गरिन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij