२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

स्वास्थ्य सामग्री र पौष्टिक आहार वितरण गर्दै राप्रपा रुपन्देही

मंगलवार , जेठ १८, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, १८ जेठ । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बुटवल उपमहागरपालिका–५ बुटवलले  वडा नम्बर ५ शान्ति टोलका विपन्न परिवारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार राप्रपा वडाअध्यक्ष विनय कसौधनको नेतृत्वको टोलीले २ सय प्याकेट स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

    त्यस्तै राप्रपा देवदहले देवदह नगरपालिका अस्थायी कोरोना अस्पतालका स्वास्थ्यकर्मी र बिरामीहरुको लागी पौष्टिक आहार हस्तान्तरण गरेको छ । त्यस्तै राप्रपा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष नारायण प्रसाद उपाध्यायको नेतृत्वमा सिनपा–३ खजहना खजुरियाका जेष्ठ नागरिक तथा बिरामीहरु ५० घर परिवारलाई पौष्टिक आहार, सेनिटाइजर तथा मास्क वितरण गरिएको हो ।

    उक्त कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यद्वय ईरशाद आलम, तोया नाथ लम्साल, राप्रपा बुटवल अध्यक्ष निरज प्रताप खांण, पार्टीका निवर्तमान रुपन्देही जिल्ला उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, देवदह अध्यक्ष माधव रिमाल, बुटवल वडा नम्बर ५ अध्यक्ष विनय कसौधन, राप्रपा सिनपा वडा नम्बर ३ इकाई अध्यक्ष तथा वडासदस्य नारायण प्रसाद उपाध्याय, सि.न.पा.–३ इकाई वरिष्ठ उपाध्यक्ष नन्दकिशोर यादव, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रूपन्देहीका अध्यक्ष शंकर खत्री लगायतको सहभागिता रहेको थियो ।Raprapa (3).jpg

    राप्रपा रूपन्देही निरन्तर सेवामा भन्ने नाराका मंगलबार एक कार्यक्रमकाबीच उक्त स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण गरिएको पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले बताए ।Raprapa (1).jpg