२०८२, कार्तिक २१ गते

Nov 07 2025 | २०८२, कार्तिक २१ गते

परासी सेवा समाजले युएईबाट प्राप्त राहत सामाग्री सरावल गाउँपालिकाद्वारा गरिब तथा विपन्न परिवारहरुलाई सहयोग 

मंगलवार , जेठ १८, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • नवलपरासी ,१८ जेष्ठ 

    पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले गरिव तथा विपन्न परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । 

    सोमबार परासि सेवा समाजले युएईबाट प्राप्त राहत सामाग्री सरावल गाउँपालिकाद्वारा पालिका भित्र रहेका गरिब तथा विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो । 

    कोरोना महामारीको कारण रोजगारि गुमाएका गरिब तथा विपन्न परिवारहरुलाई सहयोग गर्नका लागि सरावल गाउँपालिकाले परासी सेवा समाजले युएईबाट प्राप्त राहत सामाग्री आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो ।

    कोरोना महामारीका कारण रोजगारी गुमाएका वडा नम्बर २ र ३ का करिब ७ गरिब तथा विपन्न घरपरिवारहरुलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो । 

    परासि सेवा समाजले युएईबाट प्राप्त २५ केजि चामल , ३ केजि तरकारी ,२ केजि दाल ,२ लिटर तेल ,२ केजि नुन ,१ केजि सोवाबिन लगायतका राहत सामाग्री सोमवार सरावल गाउँपालिकाका गरिब तथा विपन्न घरपरिवारहरुलाई हस्तान्तरण गरिएको गाउँपालिकाका लेखा अधिकृत नारायण पाण्डेयले बताए ।

    सरावल गाउँपालिकाले विभिन्न संघ संस्था तथा दात्रि निकायहरुको सहयोगमा पालिका भित्रका गरिब तथा विपन्न परिवारहरुलाई राहत सामाग्री सहयोग गर्दै आएको बताउदै सरावल गाउँपालिका भित्रका सम्पूर्ण गाउँबासिहरुको सुख  दुखमा सदैव साथ सहयोग गर्ने र आफु स्वयम पनि पालिका बासिहरुको हितका लागि कार्य गर्ने अध्यक्ष राधेश्याम चौधरीले बताएका थियोे ।  उनले यो महामारीको अवस्थामा सम्पूर्ण पालिका बासिहरुलाई स्वास्थ्य सतर्कता अपानाई बस्न आग्रह गर्दै सहयोग संस्था परासि  सेवा समाजलाई धन्यवाद समेत दिएका थिए ।

    सरावल गाउँपालिका प्रमुख प्रशासकीय प्रमुख बुद्धप्रकाश पौडेल , वडा नम्बर ३ का वडा अध्यक्ष अणेन्द्र नाथ राय लगायतको उपस्थितिमा राहत सामाग्री हस्तान्तरण गरिएको हो ।191162632_831166047487887_5466548947257108620_n.jpg