images

बुधवार, बैशाख २६ गते २०८१

तिलोत्तमामा समुदायस्तरमा कोरोनाको निःशुल्क परीक्षण  

तिलोत्तमामा समुदायस्तरमा कोरोनाको निःशुल्क परीक्षण  

images
images
images
बुधवार, जेठ १९ २०७८
बुधवार, जेठ १९ २०७८
  • तिलोत्तमामा समुदायस्तरमा कोरोनाको निःशुल्क परीक्षण  

    भैरहवा, १९ जेठ ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको चेन ब्रेक (सर्ने प्रक्रिया रोक्न) गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको छ । महामारी सुरु भएसंगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई पछिल्ला दिनमा समुदायस्तरसम्म पुर्याइएको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    नगरप्रमुख बासुदेव घिमिरेले समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण सुरु भएकोले कन्ट्रयाक्ट ट्रेसिङमा परेका वा कोभिड–१९ को लक्षणसँग मिल्दाजुल्दा स्वास्थ्य समस्या भएका नगरबासीलाई पायक पर्ने परीक्षण स्थलमा गइ कोरोना परीक्षण गराउन अनुरोध गरेका छन् । नगरपालिकाले दुई वटा समूह बनाएर १७ वडामैं एन्टिजिन परीक्षणको व्यवस्था मिलाएको हो । एन्टिजिन परीक्षणबाट व्यक्तिमा कोरोना संक्रमण भएको वा नभएको तत्काल थाहा हुन्छ ।

    मंगलबार वडा नम्बर १७ मा ३४ जनामा गरिएको कोरोना परीक्षणमा ६ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकामा बुधबार वडा नम्बर १३ र १६ मा परीक्षण हुँदैछ भने २० गतेको लागि वडा नम्बर ९ र १५ तोकिएको छ । यस्तै २१ गते वडा नम्बर १२ र १४, २२ गते वडा नम्बर ११ र ८, २३ गते वडा नम्बर १० र ७ मा कोरोना परीक्षण गर्ने कार्यतालिका छ । त्यसै गरी २४ गते वडा नम्बर ३ र ६, २५ गते वडा नम्बर २ र ५, २६ गते  वडा नम्बर १ र ४ मा कोरोना परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।

    पछिल्लो समय समुदायस्तरमा परीक्षण कम हुँदा संक्रमण घटेको हुन सक्ने आशंका भइरहँदा तिलोत्तमाले परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको हो । यो परीक्षणले नगरपालिकामा कोरोना संक्रमणको वास्तविक अवस्था बाहिर ल्याउने र यसबाट महामारी नियन्त्रणका लागि आवश्यक थप योजना बनाउन सकिने नगरपालिकाका कोरोना फोकलपर्सन केशव भट्टराईले बताए।

    तिलोत्तमा नगरपालिको पछिल्लो तथ्यांक अनुसार नगरपालिकामा हाल सक्रिय संक्रमितको संख्या ४७५ रहेको छ भने मंगलबार मात्र थप १४ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा हाल उपचाररत बिरामीहरु ६ जना छन् । नगरपालिकामा हालसम्म ५ हजार ८ सय ३६ जनालाई कोरोना संक्रमण भएकोमा ५ हजार २ सय १६ जना संक्रमणमुक्त भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij