२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राप्रपाद्वारा ओमसतियामा स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण 

बुधवार , जेठ १९, २०७८

भैरहवा, १९ जेठ । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीले जिल्लाका विभिन्न कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टरमा स्वास्थ्य सामग्री तथा पौष्टिक आहार वितरण गरिरहेको छ । सोही क्रममा राप्रपाले बुधबार ओमसतिया गाउँपालिका, वडा नम्बर ४ बसन्तपुरस्थित कोभिड आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण गरेको पार्टीका रुपन्देही जिल्ला निवर्तमान उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

सेन्टरलाई पीपीई किट, फेस शिल्ड, मास्क, स्प्रे सेनेटाइजर, च्यवनप्राश, मिनिरल वाटर लगायतका सामग्री हस्तान्तरण गरिएको राप्रपाले जनाएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रिय कार्यसम्पादन समिति सदस्य ताहिर अलि, राप्रपा ओमसतिया गाउँपालिकाका अध्यक्ष अर्जुन घिमिरे , प्रदेश समिति १ (ख) अध्यक्ष आशिष चौधरी, जिल्ला सदस्य नाजिर अलि, ओमसतिया वडा नम्बर १ का वडाअध्यक्ष बेल बहादुर बराल, युवा नेताहरु प्रदिप  घिमिरे, शाह्रुख पठान, छबिलाल पौडेल, कमर आलम, आइसोलेशन सेन्टरका इञ्चार्ज एवं स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।