२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

लुम्बिनीस्थित रोयल थाई बिहारद्वारा लुम्बिनी प्रेस क्लबलाई स्वास्थ्य सामाग्री सहयोग

बुधवार , जेठ १९, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, जेठ १९ ।

    लुम्बिनीस्थित रोयल थाई बिहारले लुम्बिनी प्रेस क्लबलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार भैरहवास्थित क्लबको कार्यालयमा आएर बिहारका मुख्य भिक्षु सुपथकित्तीवन्नोले  क्लबका अध्यक्ष नरेश केसीलाई हस्तान्तरण गरेका हुन् ।

    थाई बिहारले एक थान थर्मल गन, एक थान अक्सिमिटर, पाँच सय पिस माक्स, ४१ थान सेनिटाइजर सहयोग गरेको हो । महामारीका बेला फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकारलाई जोखिम हुने भएकाले बिहारका तर्फबाट सहयोग गरिएको भिक्षु सुपथले बताए ।

    ‘पत्रकारहरु नागरिकलाई सधै सूसुचित गराउन यस्तो महामारीमा पनि दिनरात खटेर समाचार संकलनमा लाग्नुभएको छ, यस्तोबेला हाम्रो सानो सहयोगले पत्रकारहरुलाई केही सहजता होस् भन्ने हेतुले यो सहयोग गरिएको हो’, भिक्षु सुपथले भने ।

    उक्त स्वास्थ्य सामाग्री क्लबका सल्लाहकार चेतन पन्तको सहकार्यमा क्लबलाई उपलब्ध गराइएको हो । पे्रेस क्लब अध्यक्ष केसीले थाई बिहारले महामारीमा जोखिममा काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ख्याल गरी सहयोग गरेको भन्दै धन्यवाद दिए । उनले आगामी दिनमा पनि सहकार्य गर्दै जान आग्रह गरे ।