२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

रुपन्देहीमा थप १ सय ३ जनामा कोराना भाईरस संक्रमण पुष्टि

बुधवार , जेठ १९, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • १९ जेष्ठ, भैरहवा। 

    पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप १ सय ३ जनामा कोराना भाईरस संक्रमण पुष्टि भएको छ।कोरोना भाईरस संक्रमणका कारण रुपन्देहीमा थप ३ जनाको मृत्यु भएको छ। हाल रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ६७ पुगेको छ।

    त्यस्तै जिल्लामा कुल संक्रमितको संख्या २६ हजार ७ सय ३३ पुगेको छ। हालसम्म रुपन्देहीमा ४ सय ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसै गरी जिल्लामा २४ हजार ४ सय ८४ संक्रमित निको भएका छन्। 

    कुन पालिकामा कति कोरोना संक्रमित थपिए ?

    पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा २२, बुटवल उपमहानगरपालिकामा १९, देवदह नगरपालिकामा १९, सिद्धार्थनगर नगरपालिकामा १४, जना कोरोना संक्रमित थपिएका छन्।

    यस्तै सैनामैना नगरपालिकामा ८, कोटहीमाई गाउँपालिकामा ५, लुम्बिनी सांस्कृतीक नगरपालिकामा ४,  ओमसतिया र मायादेवी गाउँपालिकामा ३/३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। 

    त्यस्तै सम्मरीमाई गाउँपालिकामा २, शुद्धोधन, कञ्चन, गैडहवा र मर्चवारी गाउँपालिकामा १/१ जना कोरोना संक्रमित थपिएका छन्।