२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

राप्रपा रुपन्देहीद्वारा शुद्धोधनमा स्वास्थ्य सामग्री हस्तान्तरण

बुधवार , जेठ १९, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, १९ जेठ । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति, रुपन्देहीले शुद्धोधन गाउँपालिकास्थित आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण गरेको छ । राप्रपाले बुधबार शुद्धोधनको फर्साटिकर, मोतिपुरस्थित कोभिड अस्पताललाई पीपीई किट, फेस शिल्ड, मास्क, स्प्रे सेनिटाइजर, च्यवनप्राश र मिनिरल वाटर हस्तान्तरण गरिएको पार्टीका रुपन्देही जिल्ला निवर्तमान उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

    पार्टीका ३ नम्बर क्षेत्रीय अध्यक्ष प्रेम नारायण थारू, उपाध्यक्ष  डा. अमित चतुर्वेदी, जिल्ला सदस्य युवराज अधिकारी, युवक अध्यक्ष  शंकर खत्री, प्रदेश ३ (ख) अध्यक्ष क्या. प्रेम कुवरसहितको टोलीले गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीको उपस्थितिमा अस्पताल प्रशासनलाई सामग्री हस्तान्तरण गरिएको राप्रपाले जनाएको छ ।

    कार्यक्रममा युवा नेता उमापति बरई, क्षेत्रीय कोषाध्यक्ष मान बहादुर रसाइली, सह–सचिव शंकर कार्की, राप्रपा शुद्धोधन गाउँपालिका अध्यक्ष  पुष्प थारु, महिला नेतृ माया रोक्का, नेताहरु सुनिल आचार्य, बेग घिमिरे लगायतको उपस्थिति रहेको थियो ।