बिहिवार , जेठ २०, २०७८
भैरहवा, २० जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति, रुपन्देहीले सियारी गाउँपालिकास्थित कोभिड अस्पताललाई स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण गरेको छ । राप्रपाले बुधबार सियारीको पश्चिम अमुवास्थित कोभिड–१९ अस्थायी अस्पताललाई पीपीई किट, फेस शिल्ड, मास्क, स्प्रे सेनिटाइजर, च्यवनप्राश र मिनरल वाटर हस्तान्तरण गरिएको पार्टीका रुपन्देही जिल्ला निवर्तमान उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
राप्रपा क्षेत्र नम्बर ३ का अध्यक्ष प्रेम नारायण चौधरी, उपाध्यक्ष डा. अमित चतुर्वेदी, जिल्ला सदस्य युवराज अधिकारी, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्री, राप्रपा सियारी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद थारु, उपाध्यक्ष माया रोक्का, युवा नेता उमापति चौरसिया, नेता शिव प्रसाद थारु, हेमन्त चौधरीसहितको टोलीले कोभिड अस्पताललाई सामग्री हस्तान्तरण गरेको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij