बिहिवार , जेठ २०, २०७८
भैरहवा, २० जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति, रुपन्देहीले मायादेवी गाउँपालिकाद्वारा सञ्चालित कोभिड–१९ अस्थायी अस्पताललाई स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण गरेको छ । राप्रपाले मायादेवी–३ कम्हरियास्थित अस्पताललाई बुधबार पीपीई किट, फेस शिल्ड, मास्क, स्प्रे–सेनिटाइजर, च्यवनप्रास, मिनरल वाटर लगायतको सामग्री हस्तान्तरण गरेको पार्टीका रुपन्देही जिल्ला निवर्तमान उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
सामग्री हस्तान्तरण कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य अहमद्दिन खान, रुपन्देही क्षेत्र नम्बर ३ का अध्यक्ष प्रेम नारायण चौधरी, ४ का अध्यक्ष सद्दाम शाह, क्षेत्र नम्बर ३ का उपाध्यक्ष डा. अमित चतुर्वेदी, जिल्ला सदस्य राजु अग्रहरी, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्री, क्षेत्र नम्बर ४(१) का अध्यक्ष रियाजुद्दिन खान, राप्रपा मायादेवी गाउँपालिका अध्यक्ष ओमप्रकाश लोध, युवा नेता उमापति चौरसिया, कांग्रेस यादव लगायतको उपस्थिति रहेको थियो ।
यस अघि बुधबार नै राप्रपाले ओमसतिया, सियारी र शुद्धोधन गाउँपालिकाका आइसोलेशन सेन्टर/कोभिड अस्पतालाई स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण गरेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij