२०८२, कार्तिक २१ गते

Nov 07 2025 | २०८२, कार्तिक २१ गते

अर्घाखाँचीको मालारानीमा अज्ञात रोगले बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित

बिहिवार , जेठ २०, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • अर्घाखाँची, २० जेष्ठ ।

    अर्घाखाँचीमा अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ का स्थानीय किसान का २६ वटा बाख्रा मरेका छन ।

    जसमध्ये राधा केसीका ९ वटा, बसन्त पराजुलीका ७ वटा र अन्य किसानका १० वटा बाख्रा मरेका छन भने अधिकांश बाख्रा बिरामी परेको  वडा अध्यक्ष सोभाकर भुसालले जानकारी दिनुभयो ।

    १ महिना अघि कृषि ज्ञान केन्द्र अर्घाखाँचीले अनुदानमा वितरण गरेका १० वटा बोका वितरण गरेको थियो । ति बोका बाट लक्षण देखिएको र ति बोका पनि मरेको अन्य बाख्रा पनि धमाधम मरेको वडा अध्यक्ष भुसालले जानकारी दिनुभयो । अधिकांश बिरामी बाख्रामा र्‍याल निकाल्ने, झोक्रयाउने जस्ता लक्षण देखिएको छ ।