२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

रुपन्देहीमा जेठ ३१ गतेसम्म थपियो निषेधाज्ञा

बिहिवार , जेठ २०, २०७८

  • 6.0K
    Shares
  • 6.0K
    Shares
  • भैरहवा, २० जेठ । 
    रुपन्देहीमा जारी गरिएको निषेधाज्ञा ११ दिनका लागि थपिएको छ । यसअघि लगाइएको निषेधाज्ञा जेठ २० गते राति १२ बजे सकिने भएकाले उक्त अवधि थपिएको हो । 

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबार सूचना जारी गर्दै जेठ २१ गते बिहान ६ बजेदेखि जेठ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने जनाएको छ ।

    रुपन्देहीमा कोभिड–१९  को नयाँ भेरियन्ट संक्रमण तीव्र रुपमा बढिरहेकोले उक्त संक्रमण फैलन नदिन तथा यसको रोकथाम, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन रुपन्देही जिल्लाभर लागू हुने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । योसंगै जिल्ला प्रशासनले निषेधाज्ञाको अवधि तेस्रो पटक थपेको हो । 

    जिल्ला प्रशासन कार्यालय, रुपन्देहीद्वारा जारी गरिएको सूचना

    1.pdf :To download file click here