२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण 

बिहिवार , जेठ २०, २०७८

नवलपरासी ,२० जेष्ठ 

पश्चिम नवलपरासीको परासीमा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
 
रामग्राम नगरपालिकाको परासीमा अवस्थित हेल्पिङ्ग हैन्ड फेसबुक ग्रुपद्वारा नगरपमलिका भित्रका कुशल र सफल पत्रकारहरुलाई मास्क , सेनिटाईजर लगाएतको स्वास्थ्य समाग्री वितरण गरिएको हो । 

हेल्पिङ्ग हैन्ड फेसबुक ग्रुप परासिमा आबद्ध विभिन्न  जिल्लाका सक्रिय युवाहरुले संकलन गरेको आर्थिक सहयोग बाट  स्वाथ्य समाग्री हस्तान्तरण गरिएको हो ।

कोरोना महामारीको विषय परिस्थितिमा जिल्लाका कुशल पत्रकारहरुले विभिन्न सुचना मार्फत आम नागरिकहरुलाई सचेत गराईरहेका र आफु जोखिम लिएर जिल्लामा भईरहेको हरेक गतिविधिहरुको सुचना प्रभाव गरि मानिसहरुलाई सहयोग गरिरहेको ग्रुपका रामप्रसाद पौडेलले बताए । उनले विगतको समयदेखि नै गरिब तथा विपन्न परिवारहरुलाई राहत सामाग्री वितरण गर्दै आएको बताए ।

हस्तान्तरण कार्यक्रम बोल्दै नेपाल पत्रकार महासंघका पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले कोरोना महामारीको विषम परिस्थितिमा पत्रकारहरुको स्वास्थ्य सुरक्षा लाई मध्यनजर गर्दै पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिदिएकोमा हेल्पिङ्ग हैन्ड फेसबुक ग्रुपलाई धन्यवाद दिएका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको उपाध्यक्ष मालति न्यौपाने , सचिव राजकुमार रेश्मी , पुर्व अध्यक्ष केसव पराजुली , रेडियो परासीका प्रबन्धक  मेघराज गौतम , पत्रकार सुरेश यादव , बिकास अधिकारी , मोहन पौडेल र अलि हुसैन लगाएतको उपस्थितिमा वितरण गरिएको थियोे ।