images

आइतवार, बैशाख १६ गते २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : दोस्रो टर्मिनल भवन निर्माणको तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : दोस्रो टर्मिनल भवन निर्माणको तयारी

images
images
images
शुक्रवार, जेठ २१ २०७८
शुक्रवार, जेठ २१ २०७८
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : दोस्रो टर्मिनल भवन निर्माणको तयारी


    भैरहवा, २१ जेठ । 
    रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि सरकारले प्रयाप्त बजेट बिनियोजन गरेपछि विमानस्थलको दोस्रो टर्मिनल भवनका लागि बोलपत्र आह्वानको तयारी अगाडि बढाइएको छ ।

    images

    आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले गौतमबुद्ध विमानस्थलका लागि ३ अर्ब ५४ करोड रुपैयाँ बिनियोजन गरेको छ । विमानस्थलका लागि प्रयाप्त बजेट छट्टिएकाले अब छिटै बोलपत्र आह्वान गरिने आयोजना प्रमुख ई. प्रवेश अधिकारीले बताए । अहिलेको टर्मिनल भवनको पश्चिमतर्फ नयाँ टर्मिनल भवन निर्माण हुनेछ । 

    आयोजना प्रमुख अधिकारीका अनुसार टर्मिनल भवनमा ६ वटा एरोब्रिज रहने गरी डिजाइन भएको छ । भारतीय कन्सल्टेन्सीले तयार गरेका ती डिजाइनबारे अध्ययन भइरहेको र छिट्टै नै स्वीकृत हुने र टेण्डर प्रक्रिया अघि बढ्ने नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । एरोब्रिज भनेको टर्मिनल भवनको प्रस्थान कक्षबाट सिधै जहाज भित्र प्रवेश गर्न मिल्ने गरी बनाइएको एक किसिमको आकाशे पुल जस्तै हो । दोस्रो टर्मिनल भवन बुद्ध कला र संस्कृति झल्किने गरी निर्माण गर्ने सोंच सरकारको रहेको महानिर्देशक पोखरेलले बताए । एरोब्रिज सुविधा भएको टर्मिनल भवन सम्भवत : नेपालमै पहिलो हुने आयोजना प्रमुख अधिकारीले बताए ।

    विमानस्थल आयोजनाका अनुसार दोस्रो टर्मिनल भवन घाँघरा खोला र हाल रहेको टर्मिनल भवनको बीचमा बन्नेछ । दोस्रो टर्मिनल भवन बनेपछि अहिलेको टर्मिनल भवन आन्तरिक टर्मिनल भवनमा परिणत हुनेछ ।

    अहिले विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । विमानस्थलको भौतिक प्रगति ९६ दशमलव ५ प्रतिशत पूरा भएको छ । विमानस्थल निर्माण अन्तिम चरणमा पुगिसक्दा निम्तिएको कोभिड महामारीले प्राविधिक जनशक्ति आउन ढिलाई हुँदा काममा केही बिलम्ब भएको आयोजना प्रमुख अधिकारीले बताए । ‘अब अवस्था सहज भए दुई महिना भित्रै विमानस्थल निर्माण सम्पन्न हुन्छ’–उनले भने । 

    राष्ट्रिय गौरवको यो आयोजनाको म्याद अहिलेसम्म ६ पटक थपिएको छ । पछिल्लो पटक थप गरिएको म्याद आगामी जुन ३० सम्म छ । डिसेम्बरमा सकिएको अवधि ६ महिनाका लागि थपिएको हो । अव लाइट जडान, फर्निचर, फल्स सिलिङ, फिनिसिङ र केही उपकरण जडानको काम मात्रै बाँकी छ । अहिले पनि आयोजना स्थलमा नेपाली, भारतीय र चिनियाँ गरी १ सय जना कामदारले काम गरिरहेका छन् । अष्ट्रिया, अमेरिका लगायत मुलुकबाट प्राविधिक जनशक्ति नआउँदा पनि काममा ढिलाइ हुन पुगेको आयोजना प्रमुख अधिकारीले बताए ।

    अव थाइल्याण्डबाट विशेष विमान ल्याएर परीक्षण उडान गर्ने विषयमा पनि कुरा भइरहेको उनको भनाइ छ । आयोजनाका लागि बजेट सुनिश्चित भएपछि काम गर्न उत्साह थपिएको पनि अधिकारीले बताए ।

    एशियाली विकास बैंकको सहुलियत क्रृण सहयोगमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी ७ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

    Design 3.jpg



    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij