२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

अब स्वास्थ्य पूर्वाधारकोे अभाव नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठिको भनाई

शुक्रवार , जेठ २१, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • जेठ २१, नवलपरासी ।

    नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले शुक्रवार गृहजिल्ला पश्चिम नवलपरासीमा पुगेर अब नेपालमा स्वास्थ्य पूर्वाधारकोे अभाव नहुने बताएका छन् ।

    सरकारले कोरोनाको दोस्रो लहरको बारेमा पूर्वानुमान र पुर्व तयारी गर्न नसक्दा देशभरका अस्पतालमा अक्सिजनको अभाव प्रमुख चुनौतीको रुपमा देखा परेको यथार्थलाई स्विकार्दै मन्त्री त्रिपाठिले अब भने आगामी दिनमा आउन सक्ने महामारीको बारेमा पाठ सिक्दै सरकारले अस्पतालहरुमा भेन्टिलेटर, आइसियु लगाएतका आवश्यक स्वास्थ्य पूर्वाधारको व्यवस्थापनको तयारीमा लागेको बताए । मन्त्री त्रिपाठीले अक्सिजन प्लाण्ट निर्माणका लागि निजि क्षेत्रहरुलाई अनुमति प्रदान गरिसकेको बताए ।

    सरकारले भारतको सिरम  इन्स्टयुच्युट अफ इन्डियासङ्ग प्रति खोप ४ डलरमा २० लाख खोप प्रत्यक्ष उत्पादक कम्पनीसङ्ग खरिद गरेकोले कुनै बिचौलियाले १ पैसापनि कमिसन खान नपाएको मन्त्री त्रिपाठीले प्रष्ट पारे ।

    भारतबाट अझै १० लाख खोप ल्याउन बाकी रहेको र सो खोपको पहिलो डोज लगाएकालाई पुन दोस्रो डोज दिनको लागि त्यति नै सङ्ख्यामा अन्य खोपको पनि आवश्यक पर्ने हुँदा पुन अझै ७ लाख खोप खरिदका पहल भैरहेको र त्यसका लागि केहि समय लाग्ने हुँदा खोप आउन ढिलाई भएको मन्त्री त्रिपाठीको भनाई छ ।

    चिनबाट कोरोना बिरुद्धको १० लाख खोप अनुदानमा आइसकेको र चिनसङ्गै २० लाख खोप खरिदको प्रक्रिया अगाडि बढेको बताउदै मन्त्री त्रिपाठिले अमेरिकाले पनि भ्याकसिन दिने विषयमा नेपाललाई प्राथमिकता राखेको बताए ।

    यस्तै शुक्रवार नवलपरासीको बर्दघाट र सुनवल नगरपालिकाले निर्माण गरेको अस्थायी कोरोना अस्पतालको अनुगमन गर्दै मन्त्री त्रिपाठिले सुनवल नगरपालिकालाई १५ शय्याको अस्थायी अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्रदान गर्न आफु तयार रहेको समेत बताए ।