२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

रक्तदाता संघद्वारा कोभिड महामारीकाबिच सैनामैनामा ७५ युनिट रगत संकलन 

शुक्रवार , जेठ २१, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • बुटवल २१ जेठ।

    कोभिड महामारीका बिच पनि नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको रक्तदान अभियान जारी छ । कोभिड महामारीका बेला रगत अभावमा कसैले ज्यान गुमाउनु नपरोस भनेर उक्त अभियान संचालन गरिएको संघले जनाएको छ। 

    यसैबिच संघले शुक्रबार रुपन्देहीको सैनामैनामा आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेको संघका उपाध्यक्ष लेखनाथ भण्डारीले बताएका छन। भण्डारीका अनुसार स‍‍ंघले उक्त रगत संकलन गरि रक्त सञ्चार केन्द्र बुटवललाई हस्तान्तरण गरेको हो। 

    रक्तदान कार्यक्रममा स्थानियस्तरमा क्रियाशिल सैनामैनामा रहेका नेपाल स्काउट, वडा स्तरीय युथ क्लब, सैनामैना सत्य संजालको सहयोग रहेको तथा रामापुरको सत्—चिन्तन भवनमा कार्यक्रम गरिएको भण्डारीले बताए।

    संघका अध्यक्ष दया सिलवालको अध्यक्षता, सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीको प्रमुख आतिथ्यता, भोजराज भण्डारीको स्वागत र संघका सचिव महेश खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले मानविय र सामाजिक सेवाभावले गरिएको कामले निरन्तरता पाउनु पर्ने कुरामा जोड दिएका छन्। 

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनी, नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी, सत्य संजालका अध्यक्ष युवराज भुसाललगायतले बोल्दै रगत संकलन र व्यवस्थापनमा संघको योगदानबारे चर्चा गरेका थिए।