२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

विश्व वातावरण दिवसको अवसरमा जेसीआई रामनगरद्वारा वृक्षारोपण

शनिवार , जेठ २२, २०७८

नवलपरासी, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा जेसीआई रामनगरले वृक्षारोपण कार्यक्रम गरेको छ । विधिको शासन, मानवताको सेवा जस्ता सुन्दर आस्था बोकेको १८ देखि ४० वर्ष उमेर समूहका युवाको नेतृत्व, व्यक्तित्व एवं उद्यमशिलताको विकास गर्ने अभियानमा अग्रसर जेसीआई नेपालले शनिबार विश्व वातावरणको दिवसका अवसरमा ‘एक सदस्य, एक रुख’ अभियानमार्फत देशभरका आफ्ना १ सय ६१ शाखाबाट एकैसाथ वृक्षारोपण कार्यक्रम गर्न निर्देशन गरेसंगै जेसीआई रामनगरले वृक्षारोपण कार्यक्रम गरेको हो ।

जेसीआई रामनगरले सुनवल नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय परिसरमा वृक्षारोपण गर्दै शाखाका सबै सदस्यहरुलाई एक/एक वटा वितरण उपलब्ध जेसीआई रामनगर वर्ष २०२१ का अध्यक्ष जेसी देवीकला कंडेलले बताइन् । जेसीआई रामनगरका वातावरण निर्देशक विज्ञान ढकालको संयोजकत्वमा सञ्चालित कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर १२ वडाध्यक्ष यमलाल पाण्डेको प्रमुख आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा जेसीआई नेपाल वर्ष २०२१ राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाईं, जेसीआई रामनगरका संस्थापक अध्यक्ष डोलराज भण्डारी, जेसीआई रामनगरका पूर्व अध्यक्ष जेसी भोजराज पौडेल लगायतको सहभागिता रहेको थियो ।